June 25, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार एट्लेटिको म्याड्रिडका पोर्चुगिज फरवार्ड साउदी अरेबियन क्लबहरुका चासोका बीच क्याटलान क्लब बार्सिलोना नै आवद्ध हुन चाहन्छन्।

साउदी अरेबियन क्लबहरुबाट आकर्षक प्रस्ताव आएपनि फेलिक्सले कुनै पनि हालतमा बार्सिलोना आवद्ध हुन चाहेका हुन्। फेलिक्सको प्राथमिकता बार्सिलोना रहेको स्पेनी पत्रिका स्पोर्ट्सले जनाएको छ।

फेलिक्स यस गर्मीमा बार्सिलोनाको रडारमा छन्। क्याटालान पक्षले उनलाई पेरिस सेन्ट जर्मेनमा ग्रीष्मकालीन यात्रा पूरा गरेका ओस्मान डेम्बेलेको सम्भावित प्रतिस्थापनको रूपमा पहिचान गरेको छ।

फेलिक्स सन् २०१९ मा एट्लेटिको म्याड्रिड आइपुगेका थिए। उनका लागि एट्लेटिको म्याड्रिडले १ सय २० मिलियन युरो भन्दा बढी रकम खर्च गरेको थियो। तर फेलिक्सले अपेक्षा अनुसार खेल्न सकेनन्।

उनले एट्लेटिको म्याड्रिडका लागि कुल १ सय ३१ खेल खेलेका छन्। यस बीचमा उनले मात्र ३४ गोल गरेका छन् भने १८ असिस्ट प्रदान गरेका छन्। फेलिक्सका लागि एट्लेटिको म्याड्रिडले १ सय मिलियन आसपास ट्रान्सफर रकमको माग गर्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *