June 17, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी अमेरिकी क्लब इन्टर मियामी आवद्ध भएको एक महिना मात्र भएको छ। यति छोटो समयमै इन्टर मियामीले ठूलो छलाङ हानिसकेको छ।

मेस्सी आउनु भन्दा अगाडी मियामीको बेहाल थियो। मेस्सीको आगमन भन्दा अगाडी लिगका १० खेलमा मियामीले जित निकाल्न सकेको थिएन। मेस्सी आउनु भन्दा अगाडी मियामी मेजर सकर लिगको अन्तिम स्थानमा थियो।

मियामीले मेजर सकर लिगमा मे ७ यता एक खेलमा पनि जित निकाल्न सकेको थिएन। तर मेस्सीको आगमन पछि भने मियामी लिग्स कपको उपाधि नजिक पुगेको छ। मेजर सकर लिगको अन्तिम स्थानमा रहेपनि मेस्सीको आगमनपछि उच्च प्रदर्शन गर्दै मियामी लिग्स कपको फाइनलमा पुग्न सफल भएको हो।

मेस्सीले लिग्स कपमा निरन्तर उच्च प्रदर्शन गरिरहेपनि मेजर सकर लिग अन्तर्गतका खेल खेल्न भने बाँकी नै छ। तर लिग्स कपमा जस्तै मेस्सीले मेजर सकर लिग पनि उच्च प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ।

मेजर सकर लिग सुरु हुनु भन्दा अगाडी मियामीले उपाधिको स्वाद चाख्न सक्छ। मेस्सीको उच्च प्रदर्शनमा मियामीले लिग्स कपको फाइनलमा स्थान बनाइसकेको छ। मेस्सीको आगमन पछि मियामीले निरन्तर जित निकालिरहेको छ। अब मात्रै एक खेल जिते मियामी लिग्स कपको च्याम्पियन बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *