June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध अमेरिकी क्लब इन्टर मियामीले लिग्स कपको फाइनलमा सामना गर्ने टोलीको टुंगो लागेको छ। सेमिफाइनलका दुवै खेल सकिएसँगै लिग्स कपको फाईनलको समीकरण पूरा भएको हो।

लिग्स कपको फाइनलमा अब नाशभिल र इन्टर मियामी आमने-सामने हुने तय भएको छ। इन्टर मियामीले सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दा नाशभिलले मोन्टरेलाई २-० को गोल अन्तरले पराजित गर्यो।

मोन्टरेको घरेलु मैदानमा भएको खेलमा नाशभिलले बलमा कम नियन्त्रण राखेपनि दुई गोल गर्दै जित हात पार्यो। अब लिग्स कपको उपाधिका लागि इन्टर मियामी र नाशभिलले प्रतिष्पर्धा गर्नेछन्।

मियामी र नाशभिल बीचको खेल आइतबार बिहान हुनेछ। खेल नेपाली समय अनुसार बिहानको ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ। प्रतियोगितामा मियामी अपराजित छ। मियामी मेस्सीको साथमा निरन्तर उच्च प्रदर्शन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *