June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले साउदीमा ठूला स्टारहरुको सामना गर्न आफू उत्साहित रहेको बताएका छन्। साउदी क्लब अल हिलाल आवद्ध भएपछि नेयमारले साउदीमा ठूला स्टारहरुको सामना गर्ने आफू उत्साहित रहेको बताएका हुन्।

करिम बेन्जेमा, रोबर्टो फिर्मिनो र अन्यको उपस्थितिले साउदी लिगलाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने नेयमारले बताए। उच्च-गुणस्तरका खेलाडी विरुद्ध खेल्न पाउनुले साउदी लिगलाई विशेष बनाउने नेयमारको भनाई छ।

“यो रोमाञ्चक छ। अन्य टोलीहरूमा उच्च-गुणस्तरका खेलाडीहरू छन्। यसले खेललाई रोमाञ्चक बनाउने मात्र होइन अझ राम्रो खेल्न उत्प्रेरित गर्छ। रोनाल्डो, बेन्जेमा, फिर्मिनोको सामना गर्नु उत्साहजनक छ”,नेयमारले भने।

नेयमारले साउदी लिगमा आवद्ध हुन पाउँदा आफू धेरै खुशी रहेको बताउन छुटाएनन्। धेरै ब्राजिलियनहरुले साउदी लिग हेर्ने नेयमारको विश्वास छ। धेरै ब्राजिलियनले साउदी लिगलाई पछ्याउने नेयमारले बताए।

उनले भने,म यो लिगमा सामेल हुन पाउँदा खुसी छु। उत्कृष्ट खेलाडीहरुको सामना गर्नु अद्भुत हुनेछ, यो शानदार हुनेछ। निस्सन्देह धेरै ब्राजिलहरूले लिग हेर्दैछन्। स्पष्ट रूपमा म त्यहाँ हुनेछु र सबै ब्राजिलियनहरूले लीगलाई पछ्याउने र समर्थन गर्ने आशा गर्दछु।”,

Leave a Reply

Your email address will not be published. Required fields are marked *