June 25, 2024

एजेन्सी – नेपाली महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले डेब्यू खेलमै सानदार प्रदर्शन गरेकी छन्। इस्रयाली क्लव हापोएल रानानाका लागि डेब्यू गर्दा साम्बाले सानदार प्रदर्शन गरेकी हुन्।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई पराजित गर्दा साम्बाले महत्वपूर्ण भूमिका निभाईन्। खेलभर भएका दुवै गोल साम्बाका कारण सम्भव भएका थिए।

एक गोलका लागि उनले असिस्ट दिएकी थिइन् भने एक गोल आफैं गरेकी थिइन्। अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गर्दा पहिलो गोल आदि गोल्डेनले गरेकी थिइन्। सो गोलका लागि साम्बाले असिस्ट दिएकी थिइन्।

त्यस्तै रानानाको दोस्रो गोल सावित्रले गरिन्। गोल गरेसँगै युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली फुटबलरको रेकर्ड सावित्राले बनाइन्।

सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबलर हुन्। नेपालका महिला र पुरुष कुनै पनि फुटबलरले युरोपेली लिग खेल्ने क्लबबाट अहिले सम्म खेलेको रेकर्ड थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *