June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले मियामीमा सहजै घुलमिल हुन सकेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा मेस्सीले मियामीमा आफू र आफ्नो परिवार सहजै घुलमिल हुन सकेको बताएका हुन्।

अर्जेन्टिनी स्टार मेस्सी गत महिना मात्रै मियामीमा आवद्ध भएका हुन्। मियामी आवद्ध भएको एक महिना पुगिसकेको अवस्थामा मेस्सीले आफूहरुले सोचेको भन्दा सहज तरिकाले आफूहरु घुलमिल हुन सकेको बताए।

“हामी त्यो अनुकूलन अवधिमा छौं, बच्चाहरू चाँडै विद्यालय जाँदैछन्। यसले त्यो समायोजनको अन्त्यमा पुग्न र दैनिक जीवनमा अभ्यस्त हुन मद्दत गर्नेछ। घुलमिल हन र अनुकूलित हुन यो सानो अवधि भए पनि हामीले सोचेको भन्दा सजिलो भइरहेको छ।”,मेस्सीले भने।

बार्सिलोनाबाट पेरिस सर्दा केहि कठिन भएको उल्लेख गर्दै मेस्सीले त्यसबेला भन्दा अहिले धेरै सजिलीसँग घुलमिल हुन सकिरहेको बताए। उनले भने,”बार्सिलोनाबाट पेरिस सार्न केही जटिल थियो तर यो सजिलो भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *