June 14, 2024

एजेन्सी – साउदी प्रो लिगको दोस्रो खेलमा अल नासरले आज अल तावौनको सामना गर्दैछ। साउदी प्रो लिगको नयाँ सिजनमा अल नासरले आज राति अल-तावौनको सामना गर्न लागेको हो।

अल नासर अल तावौन विरुद्धको खेलमा सिजनको पहिलो जित निकाल्ने दाउ सहित मैदानमा उत्रनेछ। सिजनको पहिलो खेलमा अल नासर अल इत्तिफाकसँग पराजित भएको थियो। सो खेलमा अल नासर अग्रता लिएर पनि पराजित भएको थियो। सो खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो थिएनन्।

त्यस्तै अल तावौन पनि आज सिजनको पहिलो जित निकाल्ने दाउमा हुनेछ। यस भन्दा अगाडीको खेलमा अल तावौनले अल फतेहसँग बराबरी खेल्दै अंक बाँढेको थियो।

यस अगाडी अल नासर र अल तावौन बीच ३२ पटक भेट भएको छ। जसमद्ये २२ खेलमा अल नासर विजयी भएको छ। यस्तै पाँच खेलमा अल तावौन विजयी हुन बाँकी ५ खेल बराबरीमा टुंगिएका छन्।

रोनाल्डो खेल्ने सम्भावना कति ?

अरब क्लब कपका क्रममा सामान्य चोट लागेपछि रोनाल्डोले अल नासरका लागि पछिल्लो खेल खेल्न सकेका थिएनन्। तर रोनाल्डोले आज भने खेल्ने उच्च सम्भावना छ। रोनाल्डो सहित अल तावौन विरुद्ध सानदार जित दर्ता गर्न अल नासरले सक्दो प्रयास गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *