June 25, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफ्ना छोराहरुका कारण गोल गर्दा मार्वल-प्रेरित सेलेब्रेसन गर्ने गरेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा मेस्सीले छोराहरुका कारण आफूले मार्वल-प्रेरित सेलेब्रेसन गरिरहेको बताएका हुन्।

अमेरिकी क्लब इन्टर मियामी पुगेपछि मेस्सीले गोल गर्दा कमिक सुपरहीरो शैलीमा खुशियाली मनाउने गरेका छन्। सो बारे प्रश्न गरिँदा मेस्सीले छोराहरुका कारण आफूले त्यसो गर्ने गरेको बताए।

मेस्सीका अनुसार उनी हरेक रात आफ्ना छोराहरुसँग कमिक सुपरहीरो चलचित्रहरु हेर्छन् र घरमा त्यसको अभ्यास गर्छन्। घर अभ्यास गरेपछि गोल गर्दा त्यस्तै सेलेब्रेसन गर्ने गरेको मेस्सीले सुनाए।

यस्ता सेलेब्रेसन गरेलु मैदानमा मात्रै गर्ने गरेको मेस्सीले सुनाए। लियोनल मेस्सीले अहिलेसम्म आफ्नो खेलमा वाकान्डा, थोर र स्पाइडरम्यान सेलिब्रेसन गरिसकेका छन्।

“मेरा तीन छोराहरू अझै बिदामा छन्, अझै विद्यालय सुरु गरेका छैनन्। हरेक रात हामी मार्वल सुपरहिरो चलचित्रहरू हेर्छौं। गोल गरेपछि सुपरहिरो सेलेब्रेसन गर्ने उनीहरुको आइडिया थियो। चलचित्र हेरेपछि हामी अभ्यास गर्छौं। गोल गरेपछि जब म उनीहरुलाई स्टेडियममा देख्छु, तब म यी सेलेब्रेसन गर्छु।”,मेस्सीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *