June 17, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च डिफेन्डर राफेल भारानले साउदी अरेबियाबाट आएको आकर्षक प्रस्तावलाई अस्विकार गरेका छन्।

साउदी क्लब अल इत्तिहादबाट आएको आकर्षक प्रस्तावलाई भारानले सिधै अस्विकार गरेको विभिन्न बेलायती मिडियाहरुले जनाएका छन्। अल इत्तिहाद भारानलाई भित्र्याउन इच्छुक रहेको र क्लबले भारानका प्रतिनिधिहरुलाई सम्पर्क समेत गरेको बताइएको छ।

अल इत्तिहादमा भारानका पूर्व सहकर्मी करिम बेन्जेमा पनि छन्। स्पेनिस महारथी रियल म्याड्रिडमा हुँदा दुईले लामो समय सँगै खेलेका थिए र कयौं उपाधि पनि जितेका थिए।

यहि समर ट्रान्सफर विन्डोमा बेन्जेमा साउदी पुगिसकेका छन्। भारानले रियल म्याड्रिडमा हुँदा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग पनि खेलेका थिए। रोनाल्डो अहिले साउदी क्लब अल नासरमा रहेका छन्।

अल इत्तिहादले दुई पूर्व सहकर्मीको मिलन गराउने प्रयास गरेपनि भारानले भने सो प्रस्ताव अस्विकार गरिसकेका छन्। साउदीबाट आएको आकर्षक प्रस्ताव अस्विकार गर्दै युनाइटेडमै रहने निर्णय गरेको भन्दै युनाइटेड समर्थक यति बेला भारानको प्रशंसा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *