June 25, 2024

एजेन्सी- स्पेनिस महारथी रियल म्याड्रिडले लालिगामा लगातर दोस्रो जित निकालेको छ। लालिगाको नयाँ सिजनको दोस्रो खेलमा रियलले शनिबार राति दोस्रो जित निकाल्न सफल भएको हो।

शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियाविरुद्ध सहज र सानदार जित निकाल्यो। रियलले अल्मेरिया लाई ३-१ को गोल अन्तरले पराजित गर्यो। रियलको जितमा जुड बेलिंघम नायक बने।

रियलका लागि जुड बेलिंघमले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल गरे। त्यस्तै घरेलु टोलीका लागि सर्जियो आरिबासले एक गोल गरे। रियलले खेलको सुरुवातमै पछि परे पनि कम्ब्याक गर्न सक्यो।

खेलको तेस्रो मिनेटमै अल्मेरियाले अग्रता लिएको थियो। लेफ्ट विङ्गबाट आएको क्रसमा आरिबासले गोल गरेका थिए। उनले हेडमार्फत गोल गरेका हुन्। बेलिंघमले १९औ मिनेटमा गोल गरेसंगै रियल खेलमा फर्कियो।

खेलको ६०औ मिनेटमा बेलिंघमले क्रुसको क्रसमा हेडर गोल गर्दै रियललाई अग्रता दिलाए। खेलको ७३औं मिनेटमा बेलिंघमको पासमा भिनिसियसले गोल गर्दा रियलको जित पक्का भयो। यस जितपश्चात रियल लालिगाको शिर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *