June 22, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड सिजनको दोस्रो खेलमै रोकिन पुगेको छ। सिजनको पहिलो खेलमा जित सहित राम्रो सुरुवात गरेको युनाइटेद दोस्रो खेलमा भने पराजित हुन पुगेको हो।

युनाइटेडले शनिबार राति टोटेनहम हट्सपरको सामना गर्यो। टोटेनहम हट्सपरको घरेलु मैदानमा युनाइटेड निरिह देखियो। टोटेनहम हट्सपर विरुद्ध बलमा राम्रो नियन्त्रण राहन सकेन भने आक्रमणमा पनि चुक्यो।

बलमा युनाइटेडले मात्र ४४ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर युनाइटेडको तर्फबाट कुल २२ प्रहा-र भए। जसमद्ये ६ प्र-हार टार्गेटमा थिए। तर एक प्रहा-र पनि गोलमा भने परिणत भएन। टोटेनहम हट्सपरले भने खेलभर १७ प्र-हार गर्दा ६ प्र-हार टार्गेटमा थिए।

टोटेनहम हट्सपरको जितमा एक गोल पापे माटर सारले गरेका थिए भने एक गोल टोटेनहमले उपहारमा पायो। दोस्रो हाफको सुरुवातमै स्पर्सले अग्रता लिन सफल भएको थियो। पापे माटर सारले ६ यार्ड बक्स भित्रबाट क्लियर नभएको बललाई गोलमा बदलेका थिए।

खेलको ८३ औं मिनेटमा टोटेनहमको अग्रता दोब्बर भयो, जब युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले बायाँ विंगबाट खेलेको पास आफ्नै गोलपोस्टमा पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *