June 14, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सहकर्मी एन्डरसन तालिस्काले खेलाडीहरु पैसाको लागि मात्र खेलाडीहरु साउदी नपुगेको बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा तालिस्काले खेलाडीहरु पैसाको लागि मात्र साउदी तर्फ आकर्षित नभएको दावी गरेका हुन्।

तालिस्काले सबै खेलाडीका लागि आर्थिक पक्ष महत्वपूर्ण हुन्छ भन्ने नरहेको उल्लेख गर्दै साउदी फुटबलको स्तरका कारण पनि खेलाडीहरु आकर्षित भइरहेको संकेत गरे। साउदीको फुटबल युरोपकै स्तरको रहेको तालिस्काको भनाई छ।

उनले साउदीको फुटबल युरोप भन्दा कठीन रहेको बताउन पनि छुटाएनन्। एसियामा प्रतिष्पर्धा बढिरहेको र युरोपेली क्लबहरू भन्दा बलियो क्लबहरुको उदय भैरहेको तालिक्साले दावी गरे।

“यो साँचो होइन। धेरै खेलाडीहरूको लागि आर्थिक लक्ष्य महत्त्वपूर्ण छैन। यहाँ फुटबल युरोपमा जस्तै छ। यहाँ यो झन् गाह्रो भएको छ। यहाँ एसियाली क्लबहरू छन् र प्रतिष्पर्धा पनि छ। युरोपेली क्लबहरू भन्दा बलियो प्रतिष्पर्धा यहाँ छ।”,तालिस्काले भने।

रोनाल्डो र तालिस्का अहिले साउदी क्लब अल नासरबाट संगै खेल्छन्। ब्राजिलियन फरवार्ड सन् २०२१ मा अल नासरमा आवद्ध भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *