June 25, 2024

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले महत्वपूर्ण जित निकालेको छ। गत सिजन देखि उच्च लयमा अरहेको न्यूक्यासल युनाइटेड विरुद्ध सिटीले शनिबार राति महत्वपूर्ण जित निकालेको हो।

सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले न्यूक्यासल विरुद्ध १-० को गोल अन्तरको जित निकालेको हो। सिटीका लागि एक मात्र गोल अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले गरेका थिए।

उनले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। खेलको ३१ औं मिनेटमा फिल फोडेनको पासमा अल्भारेजले गोल गरे। उनको गोल पश्चात सिटीले कयौं प्रयास गरेपनि थप गोल गर्न सकेन।

सिटीले न्यूक्यासल विरुद्धको खेलमा बलमा ६० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर सिटीको तर्फबाट कुल १४ प्रहार भएका थिए। जसमद्ये ४ प्रहार टार्गेटमा थिए। तर एक प्रहार बाहेक अन्य प्रहार गोलमा परिणत हुन सकेनन्।

त्यस्तै न्यूक्यासलले खेलभर ७ प्रहार गरेको थियो। जसमद्ये १ प्रहार टार्गेटमा भएपनि गोलमा अभाने परिणत भएन। न्यूक्यासल विरुद्धको खेलमा जित निकालेसंगै सिटीले ६ अंक बटुलेको छ। न्यूक्यासलको भने ३ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *