June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी फुटबल इतिहाँसकै सबै भन्दा बढी सम्मानित खेलाडी बनेका छन्। अमेरिका पुगेको एक महिनामै एक उपाधि जितेसँगै मेस्सी फुटबल इतिहाँसकै सबै भन्दा सम्मानित खेलाडी बनेका हुन्।

आइतबार बिहान अमेरिकी क्लब इन्टर मियामीले नाशभिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिग्स कप जित्यो। यससंगै मेस्सी सबै भन्दा बहि उपाधि जित्ने फुटबलर बने।

यस उपाधिसंगै मेस्सीको उपाधि संख्या ४४ पुगेको छ। लिग्स कप जितेपछि मेस्सीले ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेसलाई पछि पारेका छन्। बार्सिलोनामा मेस्सीसंगै खेलेका आल्भेसले अहिले सम्म ४३ उपाधि जितेका छन्।

मेस्सीले बार्सिलोनाबाट ३५ उपाधि जित्दा पिएसजीबाट ३ उपाधि जिते। त्यस्तै अर्जेन्टिनाका लागि पाँच उपाधि जितेका मेस्सीले मियामीका लागि एक उपाधि जितेका छन्। शनिबार सम्पन्न फाइनलमा नाशभिल विरुद्ध मेस्सीले गोल पनि गरे।

मेस्सीले खेलको पहिलो हाफमा मियामीलाई अग्रता दिलाएका थिए। खेलको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गारेका थिए। तर सो अग्रता मियामीले जोगाउन नसक्दा र थप गोल गर्न नसक्द खेल पेनाल्टी सुटआउटमा गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *