June 17, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लिग्स कपको महत्वपूर्ण दुई अवार्ड हात पारेका छन्। आइतबार बिहान लिग्स कपको फाइनल मियामीले जितेपछि मेस्सीले थप दुई अवार्ड हात पार्न सफल भए।

मेस्सीले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट तथा उत्कृष्ट खेलाडीको अवार्ड हात पारे। मेस्सीले प्रतियोगिताका ७ खेलमा कुल १० गोल गरे। जसका लागि उनलाई गोल्डेन बुटको अवार्ड दिइयो।

त्यस्तै मेस्सी प्रतियोगिताका उत्कृष्ट खेलाडी पनि घोषित भए। मेस्सीले मियामीका लागि लिग्स कपका सबै खेलमा गोल गर्न सफल भए। मेस्सीको उत्कृष्ट प्रदर्शनबाट प्रेरित मियामीले कुनै पनि खेलमा पराजय भोग्न परेन।

मियामी च्याम्पियन बन्दा मेस्सीले करियरको ४४ औं उपाधि जिते। जससंगै मेस्सी सबै भन्दा बढी उपाधि जित्ने फुटबलर समेत बने। मेस्सीले जति उपाधि फुटबल इतिहाँसमा कसैले पनि जितेको रेकर्ड छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *