June 14, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका नयाँ मिडफिल्डर जुड बेलिङ्घम सन् २००९ पछि रियलका लागि पहिलो दुई खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। लालिगाक सुरुवाती दुई खेलमा निरन्तर गोल गरेसंगै बेलिङ्घम पहिलो दुई खेलमै गोल गर्ने सन् २००९ यताकै पहिलो खेलाडी बनेका हुन्।

सन् २००९ मा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले रियलका लागि डेब्यू गर्दा लगातार दुई खेलमा गोल गरेका थिए। त्यसयता कुनै पनि नयाँ खेलाडीले डेब्यू गरेपछि लगातार दुई खेलमा गोल गर्न सकेका थिएनन्।

तर बेलिङ्घमले भने रियलका लागि दुई खेल खेल्दा ३ गोल गरिसकेका छन्। साथै उनले एक असिस्ट पनि दिएका छन्। डेब्यू खेलमा एक र दोस्रो खेलमा दुई गरी उनले तीन गोल गर्न सफल भएका हुन्।

शनिबार राति रियलले अल्मेरियाको सामना गरेको थियो। सो खेलको सुरुवातमै रियल पछि परेपनि बेलिङ्घमले रियलको उद्धार गरेका थिए। उनले पहिलो र दोस्रो हाफमा एक-एक गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *