June 25, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लालिगाको दोस्रो खेलमा जित निकालेको छ। लालिगाको नयाँ सिजनको पहिलो खेलमा बराबरीमै रोकिएको बार्सिलोनाले दोस्रो खेलमा जित निकालेको हो।

आइतबार राति बार्सिलोनाले घरेलु मैदानमा काडिजविरुद्ध बार्सिलोनाले २-० को जित निकाल्यो। खेलको सुरुवात देखि नै बलमा राम्रो नियन्त्रण राखेपनि बार्सिलोनाले अग्रता भने खेलको अन्त्यमा मात्र लिन सक्यो।

बार्सिलोनाले खेलभर बलमा कुल ७६ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल २३ प्रहार भएका थिए। जसमद्ये १० प्रहार टार्गेटमा थिए। तर दुई प्रहार मात्र गोलमा परिणत भए। त्यस्तै काडिजले भने खेलभर १० प्रहार गरेको थियो। त्यसमद्ये १ प्रहार टार्गेटमा भएपनि गोल गर्न सकेन।

बार्सिलोनाका लागि दुवै गोल खेलको अन्त्यमा भएका थिए। बार्सिलोनाका लागि पेद्री र फेरान टोरेसले गोल गरे। पेद्रीले खेलको ८२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले गुन्डोगानको सटीक पासमा गोल गरेका थिए। अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए।

यस जितसंगै बार्सिलोनाले २ खेलबाट ४ अंक बटुलेको छ। बार्सिलोना लालिगाको पांचौ स्थान मा उक्लिएको छ। काडिज एक जित र एक हार सहित ११ औं स्थानमा छ। दुई खेलमा जित निकालेको रियल भने लालिगाको शिर्षस्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *