June 14, 2024

एजेन्सी – लण्डन क्लब चेल्सीले प्रिमियर लिगमा नचाहँदा-नचाहँदै खराब रेकर्ड बनाएको छ। नयाँ प्रशिक्षक भित्र्याएको चेल्सीले समर ट्रान्सफर विन्डोमा खुलेर खर्च गर्दा पनि प्रिमियर लिगको दोस्रो खेलमा पराजित हुँदै खराब रेकर्ड बनाएको हो।

आइतबार राति चेल्सीले लण्डनकै अर्को क्लब वेष्टह्याम युनाइटेडको सामना गर्यो। वेष्टह्याम विरुद्ध बलमा राम्रो नियन्त्रण राखेर पनि चेल्सीले जित निकाल्न सकेन। खेलभर चेल्सीले बलमा ७६ प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर चेल्सीले १७ प्रहा-र गरेको थियो। जसमद्ये ४ प्र-हार टार्गेटमा थिए। तर मात्र एक प्र-हार मात्र गोलमा परिणत गर्न सक्यो। चेल्सीले वेष्टह्याम १० खेलाडीमा सिमित हुँदा पनि जित निकाल्न सकेन।

यस हारसंगै चेल्सीले अनौठो कीर्तिमान बनाएको छ। ह्यामर्ससँगको हारसँगै चेल्सीले प्रिमियर लिगमा पहिलो पटक लगातार चार लण्डन डर्बी हारको खराब रेकर्ड बनाएको हो।

चेल्सी यस वर्षको फेब्रुअरीमा टोटनह्याम हटस्परसँग २-० ले पराजित हुँदा अप्रिलमा ब्रेन्टफोर्डसँग २-० को गोल अन्तरले पराजित भएको थियो। त्यस्तै मेमा आर्सनलसँग ३-१ ले हारेको थियो। यसरी लण्डन क्लबहरुसंग प्रिमियर लिगमा निरन्तर चार खेलमा चेल्सी पराजित भएको यो पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *