June 25, 2024

एजेन्सी – कुनै एक समयमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी साउदी अरेबिया जाने चर्चा थियो। साउदी क्लब अल हिलालले मेस्सीका लागि आकर्षक प्रस्ताव गरेको थियो। अल हिलाल मेस्सीलाई दुई वर्षको लागि १ बिलियन युरो पारिश्रमिक दिन तयार हुँदा पनि मेस्सी अमेरिका पुगे।

मेस्सी साउदीमा नभएपनि उनको नाममा नारा लाग्ने गरेका छन्। विशेष गरेर विभिन्न क्लबका समर्थकहरु पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई चिढ्याउन मेस्सी-मेस्सी भन्दै नारा लगाउने गर्छन्।

यसैबीच साउदी प्रो लिगले अब मेस्सीका नाममा लगाइने नाराहरुलाई निरुत्साहित गर्ने भएको छ। साउदी प्रो लिगका प्रमुख हाफिज अल-मुदलेजका अनुसार रोनाल्डोलाई जिस्क्याउन अब मेस्सीको नाममा लगाइने नारा माथि बन्देज लगाइने छ।

“हाम्रो लिगको राजदूत रोनाल्डोलाई लगातार ‘मेस्सी, मेस्सी’ को नारा लगाएर जिस्क्याउने फ्यानहरूले अनुशासनात्मक कारबाही भोग्नुपर्छ।”,हाफिजले भने। अल-मुदलेजले साउदी अरेबिया लिगलाई परिवर्तन गर्ने व्यक्तिको अपमान गर्न नहुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *