June 25, 2024

एजेन्सी- जर्मन पत्रिका विल्डले गरिरहेको दावीलाई मान्ने हो भने स्पेनिस महारथी रियल म्याड्रिडले समर ट्रान्सफर विन्डोको अन्तिम समयमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेका लागि प्रस्ताव पठाउन सक्छ।

समार ट्रान्सफर बन्द हुन केहि समय मात्र बाँकी रहेको अवस्थामा रियलले एम्बाप्पेका लागि प्रस्ताव पठाउन सक्ने विल्डले दावी गरेको हो। गरिएको दावी अनुसार समर ट्रान्सफरको अन्तिम केहि दिनमा रियलले एम्बाप्पेका लागि प्रस्ताव पठाउने योजना बनाएको छ।

रियल म्याड्रिडले उनलाई अनुबन्ध गर्ने अन्तिम प्रयासको तयारी गरिरहेको र १ सय २० मिलियन युरोको प्रस्ताव पठाउने योजना बनाएको बताइएको छ। यो योजनालाई क्लबको निर्देशक बोर्डले पहिले नै अनुमोदन गरिसकेको विल्डले दावी गरेको छ।

प्रस्तावित रकम फ्रान्स इन्टरनेशनलको बदलामा पिएसजी बोर्डले खोजेको भन्दा कम हो, जुन करिब १५० मिलियन युरो (लगभग १६३ मिलियन डलर) रहेको छ। एम्बाप्पे र पिएसजी बीच सम्झौताको विषयलाई लिएर अझै अन्योलता छ।

एम्बाप्पेले सन् २०२४ पछि सम्झौता थप नगर्ने बताएपनि पिएसजीले एम्बाप्पेलाई केहि समय पहिलो रोजाईको टोली बाहिर राखेको थियो। तर दुई पक्ष बीचको छलफल पश्चात एम्बाप्पेलाई पिएसजीले पहिलो रोजाईको टोलीमा फिर्ता बोलाइसकेको छ भने उनी पिएसजीका लागि एक खेल पनि खेलिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *