June 25, 2024

एजेन्सी – लण्डन क्लब आर्सनलले प्रिमियर लिगको नयाँ सिजनको दोस्रो खेलमा जित निकालेको छ। प्रिमियर लिगको नयाँ सिजनको दोस्रो खेलमा आर्सनलले क्रिस्टल प्यालेस विरुद्धको खेलमा जित निकालेको हो।

१० खेलाडीमा समेटिएर पनि आर्सनलले १-० को गोल अन्तरको जित निकाल्न सफल भयो। पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपनि आर्सनलले दोस्रो हाफको सुरुवातमै पेनाल्टीबाट गोल गर्ने अवसर पायो।

खेलको ५३ औं मिनेटमा मार्टिन ओडेगार्डले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए र सो गोल नै खेलको निर्णायक बन्यो। खेलको ६७ औं मिनेटमा टाकेहिरो टोमियासु रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिए।

आर्सनल १० खेलाडीमा समेटिंदा पनि त्यसको फाइदा प्यालेसले उठाउन सकेन। खेलभर बलमा बढी नियन्त्रण आर्सनलको थियो। आर्सनलले बलमा ५४ प्रतिशत नियन्त्रण राखेको थियो।

यस जितसंगै आर्सनल तेस्रो स्थानमा उक्लिएको छ। आर्सनलले २ खेलबाट ६ अंक बनाएको छ। त्यस्तै प्यालेस भने दुई खेल मद्ये एकमा जित र एकमा हार सहित ३ अंक बनाएर एघारौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *