June 22, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस साउदी अरेबिया र अमेरिका दुवै देशका लिगमा आवद्ध नहुने भएका छन्। युरोपेली फुटबल खेल्नको लागि रामोसले साउदी र अमेरिका नगई युरोपमै रहने निर्णय गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

पेरिस सेन्ट जर्मेन(पिएसजी)संगको सम्झौता सकिएपछि रामोस कुनै पनि क्लबमा आवद्ध भएका छैनन्। रामोसलाई साउदी र अमेरिकाबाट प्रस्ताव आएको बताइन्छ। तर रामोस भने युरोपमै रहने पक्षमा छन्।

यसैबीच फुट मर्काटो पत्रकार सान्टी एउआनाले रामोस टर्किस क्लब आवद्ध हुने अन्तिम तयारीमा रहेको बताएका छन्। एउआनाका अनुसार रामोस टर्किस क्लब बेसिकटास आवद्ध हुन सक्छन्।

स्पेनियार्ड क्याम्प अब बेसिकटास र उनका अध्यक्ष अहमद नुर सेबीको अन्तिम प्रस्तावको पर्खाइमा रहेको बताइएको छ। दुई पक्ष बीच आउने समयमा सम्झौता हुन सक्ने उच्च सम्भावना रहेको एउआना बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *