June 16, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामीलाई लिग्स कप उपाधि जितेपछि अर्जेन्टिनी स्टार लियोनेल मेस्सी सबै भन्दा बहि उपाधि जित्ने फुटबलर बनेका छन्। इन्टर मियामी, बार्सिलोना, पेरिस सेन्ट जर्मेन(पिएसजी) र अर्जेन्टिनाको राष्ट्रिय टोलीसंग कुल ४४ उपाधि जित्दै मेस्सी सबै भन्दा बढी उपाधि जित्ने फुटबलर बनेका हुन्।

मेस्सीले बार्सिलोनासंग ३५ उपाधि जितेका छन्। अर्जेन्टिनी राष्ट्रिय टोलीबाट कोपा अमेरिका र विश्वकप सहित ५ उपाधि जित्दा पेरिस सेन्ट जर्मेन(पिएसजी)संग ३ उपाधि जितेका छन्। त्यस्तै मियामीबाट मेस्सीले एक उपाधि जितेका छन्।

मेस्सीसंग धेरै कुरामा तुलना हुने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने उपाधि जित्ने मामलामा मेस्सी भन्दा केहि पछि छन्। रोनाल्डोले आफ्नो करियरमा अहिले सम्म ३५ उपाधि जितेका छन्।

रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस, अल नासर र पोर्चुगलको राष्ट्रिय टोली सबैबाट कुल ३५ उपाधि जितेका हुन्। उपाधिको मामलामा रोनाल्डो भन्दा ९ उपाधिले पछि रहेका छन्।

सबै भन्दा बढी उपाधि जित्ने खेलाडीको सूचीमा रोनाल्डो नवौं स्थानमा रहेका छन्। लिभरपुल लेजेन्ड केनी डल्ग्लिसले पोर्चुगिज जत्तिकै धेरै ट्रफीहरू जितेका छन्, जबकि सर्जियो बुस्केट्स र रायन गिग्सले ३६ उपाधि जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *