June 14, 2024

एजेन्सी – साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ। हार्न लागिसकेको खेलमा सानदार कम्ब्याक गर्दै अल नासर एसियाली च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको हो।

मंगलबार राति भएको खेलमा अल नासरले शबाब अल अहलीलाई ४-२ ले पराजित गर्यो। अल नासरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा ३ गोल गर्यो। दोस्रो हाफमा भएका तीन गोल मात्र ९ मिनेटमा सम्भव भएका थिए।

अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक-एक गोल गरे। त्यस्तै शबाब अल-अहलीका लागि याह्या अल-घासानीले दुई गोल गरे।

खेलको ११ औं मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। खेलको १८ औं मिनेटमा शबाब अल-अहलीले बराबरी गोल फर्कायो भने खेलको ४६ औं मिनेटमा अग्रता लियो।

त्यसपछि अल नासरले निरन्तर गोलको प्रयास गरेपनि सफल हुन सकेन। तर खेलको ८८ औं मिनेटमा सुल्तान अल–घानामले बराबरी गोल गरेसंगै अल नासर खेलमा फर्कियो।

निर्धारित ९० मिनेट पछि थप गरिएको पाँचौ मिनेटमा टालिस्काले गोल गर्दा अल नासरले अग्रता लियो। त्यसको केहि मिनेट नबित्दै थप भएको सातौँ मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दा अल नासरको जित पक्का भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *