June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र अमेरिकी क्लब इन्टर मियामीले अर्को उपाधि नजिक पुग्ने अवसर पाउने भएका छन्। बिहिबार बिहान मियामीले युएस ओपन कपको सेमी फाइनलमा मियामीले एफसी सिनसिनाटीको सामना गर्दैछ।

केहि दिन अगाडी मात्रै लिग्स कप च्याम्पियन बनेको मियामीले बिहिबार बिहान युएस ओपन कपको फाइनलमा स्थान बनाउन सिनसिनाटीको सामना गर्न लागेको हो।

बिहिबार जित निकाल्न सकेको खण्डमा मियामी सिजनको दोस्रो उपाधि नजिक पुग्नेछ। मेजर सकर लिगमा निरन्तर कम्जोर प्रदर्शन गरेपनि मियामी पछिल्लो समय भने उच्च लयमा रहेको छ।

मियामी मेस्सीको आगमन पछि अपराजि छ। सो लयलाई मियामी सिनसिनाटी विरुद्धको खेलमा पनि कायम राख्ने योजनामा हुनेछ। मियामी र सिनसिनाटी बीचको खेल नेपाली समय अनुसार बिहिबार बिहान ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *