June 14, 2024

एजेन्सी – मंगलबार राति पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले एसियाली च्याम्पियन्स लिगको छनोट चरण अन्तर्गतको प्लेअफ खेल्यो। एसियन च्याम्पियन्स लिगमा स्थान बनाउन जित्नै पर्ने खेलमा अल नासर झन्डै चुकेन।

अल नासरले मंगलबार शबाब अल अहलीको सामना गर्दा रोनाल्डो धेरै पटक आक्रोशित देखिए। रोनाल्डो आक्रोशित हुनु पछाडीको मूख्य कारण थिए रेफ्री। पहिलो हाफमै अल नासरका तीन पेनाल्टी अपिल रेफ्रीले खारेज गरेका थिए।

खेलको पहिलो हाफ सकिनै लाग्दा रोनाल्डोले प्रहार गरेको गोलबाउन्ड भली शबाब अल अहलीका खेलाडीले हातले रोकेका थिए। त्यसबेला पनि रेफ्रीले पेनाल्टी दिएनन्।

आफ्नो प्रहार विपक्षी खेलाडीले रोकेपछि रोनाल्डोले रेफ्री समक्ष पेनाल्टीको अपिल गरेका थिए। तर रेफ्रीले रोनाल्डोको अपिललाई खासै महत्व दिएनन्। फलस्वरूप रोनाल्डो आक्रोशित हुन पुगेका थिए।

मंगलबार राति हार्न लागिसकेको खेलमा अल नासरले सानदार कम्ब्याक गर्यो। खेलको अन्त्यमा लगातार तीन गोल गर्दै अल नासरले जित पक्का गरेको हो। रोनाल्डोको एक असिस्टमा अल नासरले शबाब अल अहलीलाई ४-२ को गोल अन्तरले पराजित गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *