June 14, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेल अगाडी लिभरपुललाई ठूलो राहत मिलेको छ। न्यूक्यासल युनाइटेड विरुद्धको खेल अगाडी लिभरपुललाई ठूलो राहत मिलेको हो। बोर्नेमाउथ विरुद्ध रातो कार्ड बेहोरेका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर न्यूक्यासल विरुद्धको खेलका लागि उपलब्ध हुने भएका छन्।

बोर्नेमाउथ विरुद्धको खेलको ५८ औं मिनेटमा एलिस्टरलाई रेफ्रीले रेड कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। रेड कार्ड पाएपछि उनी माथि तीन खेलका लागि प्रतिबन्ध लागेको थियो।

तर उनलाई रेड कार्ड देखाइएको सम्बन्धमा लिभरपुलले अपिल गर्ने निर्णय गर्यो। लिभरपुलको अपिलले काम गर्यो र एलिस्टर माथिको प्रतिबन्द फुकुवा भयो। यससंगै अब उनी न्यूक्यासल विरुद्धको खेलका लागि उपलब्ध हुनेछन्।

“एक स्वतन्त्र नियामक आयोगले गलत तरिकाले बर्खास्त गरेको दाबी पछि एलेक्सिस म्याक एलिस्टरको तीन खेलको निलम्बन हटाएको छ। मिडफिल्डरलाई प्रिमियर लिगको दोस्रो हाफमा रायन क्रिस्टीलाई ट्याकल गरेपछि बाहिर पठाइएको थियो।”,लिभरपुलले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *