June 22, 2024

एजेन्सी – मंगलबारको रात पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि मिश्रित रह्यो। एसियन च्याम्पियन्स लिगमाको समूहचरणमा स्थान बनाउनको लागि अल नासरले शबाब अल अहलीको सामना गर्दा रोनाल्डोले गोल गर्न नसकेपनि एक असिस्ट दिए।

अन्त्य सम्म निरन्तर प्रयास गर्दा अल नासरले हार्न लागिसकेको खेल पनि जित्यो। अब रोनाल्डोले पहिलो पटक एसियन च्य्याम्पियाँस लिग खेल्नेछन्। खेलमा जित निकाल्दा रोनाल्डोले महत्वपूर्ण भूमिका निभाए।

तर पहिलो हाफ भने रोनाल्डोका लागि तनावपूर्ण रह्यो। रोनाल्डो पहिलो हाफमा धेरै पटक आक्रोशित देखिए। पहिलो हाफमै अल नासरका तीन पेनाल्टी अपिल रेफ्रीले खारेज गरेका कारण रोनाल्डो आक्रोशित भएका हुन्।

रेफ्रीसंग रोनाल्डोको पटक-पटक भनाभन भयो। त्यति मात्र होइन रोनाल्डोले सेल्फी खिच्न खोज्ने एक व्यक्ति माथि पनि रिस पोखे। पहिलो हाफ सकिएपछि ड्रेसिङ रुम फर्किने बेला सेल्फी लिन खोज्ने ग्राउण्ड स्टाफलाई ढक्क दिएर रोनाल्डो अगाडी बढे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *