June 17, 2024

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले शबाब अल-अहली विरुद्ध “कठिन” जित पछि अल-नासर समर्थकहरुलाई “सधैं अन्तसम्म विश्वास गर्न” आग्रह गर्दै एक जोडदार सन्देश जारी गरेका छन्।

एएफसी च्याम्पियन्स लिगको समूहचरणमा प्रवेश गरेसँगै रोनाल्डोले सामाजिक संजाल मार्फत अल-नासर समर्थकहरुलाई “सधैं अन्तसम्म विश्वास गर्न” आग्रह गरेका हुन्।

कठिन खेलमा महत्वपूर्ण जित निकालेकोमा रोनाल्डो खुशी देखिएका छन्। उनेल सामाजिक संजाल मार्फत नेभर गिभ अपको स्पिरिट सहित खेल्ने सन्देश जारी गर्न खोजेका छन्।

“प्ठ्यारो खेल, तर एसियाली च्याम्पियन्स लिगका लागि छनोट हुनको लागि महत्त्वपूर्ण जित! सधैं अन्त्यसम्म विश्वास गर्नुहोस्! नेभर गिभ अप”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।

मंगलबार राति अल नासरले हारिसकेको खेलमा शबाब अल-अहली विरुद्ध कठीन जित निकाल्यो। खेलको अन्तिम समयमा ३ गोल गर्दै अल नासर एसियन च्याम्पियन्स लिगको समूहचरणमा स्थान बनाउन सफल भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *