June 17, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका आएका खबरलाई मान्ने हो भने साउदी प्रो लिग च्याम्पियन्स प्रिमियर लिग स्टारलाई साउदी अरेबियाकै महँगो खेलाडी बनाउने योजनामा छ।

साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादले प्रिमियर लिग स्टार मोहम्मद सलाहलाई भित्र्याउन चाहेको र आवश्यक परेको खण्डमा खुलेर खर्च गर्ने योजना बनाएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

गरिएको दावी अनुसार अल इत्तिहाद सलाहका लागि रेकर्ड ट्रान्सफर रकम तिर्न सक्छ। साउदी क्लब अल हिलालले ब्राजिलियन स्टार नेयमारका लागि सय मिलियन युरो आसपास ट्रान्सफर रकम खर्च गरेको थियो ।

सलाहका लागि अल इत्तिहाद त्यो भन्दा पनि बढी रकम खर्च गर्न तयार छ। अल इत्तिहादले सलाहलाई पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको जति नै पारिश्रमिक दिने योजना बनाएको बताइन्छ।

अल इत्तिहादले सलाहलाई भित्र्याउन जे जस्तो योजना बनाएपनि लिभरपुलले सलाहलाई बिक्री गर्ने कमै सम्भावना छ। लिभरपुलमा सलाहको सम्झौता सन् २०२६ सम्मका लागि छ। लिभरपुलले सलाहलाई बिक्री गर्नै परे यस समर ट्रान्सफर विन्डोमा भन्दा पनि आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *