June 16, 2024

एजेन्सी = अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध अमेरिकी क्लब इन्टर मियामी अर्को उपाधि नजिक पुगेको छ। मेस्सीको कप्तानीमा रहेको इन्टर मायमी यूएस ओपन कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो।

बिहिबार बिहान मियामीले सेमिफाइनल अन्तर्गतको खेलमा सिन्सिनाटिलाई टाईब्रेकरमा पराजित गर्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मियामीले पछि परेर पनि अग्रता लियो र पछि अग्रता जोगाउन नसक्दा खेल पेनाल्टीमा गयो।

सेमिफाइनलको निर्धारित समय २-२ र त्यसपछि अतिरिक्त समय थप १-१ गोलको बराबरी सकिएसंगै खेल पेनाल्टीमा गएको हो। टाइब्रेकरमा मियामी ५-४ ले विजयी भएसंगै फाइनल प्रवेश गर्यो।

खेलको १८ औं मिनेटमा घरेलु टोली सिन्सिनाटिले अग्रता लियो। लुसियानो अकोस्टाको गोलमा मियामीले अग्रता लिन सफल भएको थियो। दोस्रो हाफको ५३ औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। सो गोल ब्रान्डन भाज्केजले गरेका थिए।

६८ औं मिनेटमा मियामीले गोल गर्दै खेलमा फर्किने छनक देखायो। मेस्सीको फ्रिकिकमा लिओनार्डो काम्पानाले गोल गरेका थिए। इन्ज्यूरी समयका लागि थप गरिएको आठौं मिनेटको अन्तिम समयमा मायमीले बराबरी गोल फर्कायो।

मेस्सीको उत्कृष्ट पासमा काम्पानाले हेडरमार्फत गरेका थिए। पछि क्रेमास्कीको पासमा बेन्चबाट आएका जोसेफ मार्टिनेजले गोल गर्दा मियामीले अग्रता लियो। तर अतिरिक्त समयको दोस्रो हाफमा सिन्सिनाटिले बराबरी गोल फर्कायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *