June 16, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई नयाँ सिजन सुरु भएको केहि समयमै चोटले सताउन थालेको छ। प्रिमियर लिगक दुई खेल मात्र सकिएको अवस्थामा युनाइटेडका थप एक खेलाडी घाइते भएका छन्।

घाइते हुनेमा यसै समर ट्रान्सफर विन्डोमा चेल्सीबाट युनाइटेड आइपुगेका मिडफिल्डर मेसन माउन्ट रहेका छन्। उनी पछिल्लो प्रिमियर लिग खेलका क्रममा घाइते भएको बताइएको छ।

टोटनह्याम हटस्पर विरुद्धको खेलका क्रममा लागेको चोटका कारण उनले केहि साता मैदान बाहिर रहनु पर्नेछ। उनले ४ देखि ६ साता सम्म खेल गुमाउन सक्ने अनुमान गरिएको छ।

रेड डेभिल्सले आफ्नो वेबसाइटमा आधिकारिक बयान राख्दै माउन्टको चोटको पुष्टि गरेको छ। अब उनले नटिङ्घम फरेस्ट (अगस्ट २६), आर्सनल (सेप्टेम्बर ३) र ब्राइटन एण्ड होभ एल्बियन (सेप्टेम्बर १६) विरुद्ध खेल्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *