June 22, 2024

एजेन्सी – मंगलबार राति साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगको प्लेअफमा जित निकल्दौ समूहचरणमा स्थान बनायो। अल नासरले शबाब अल अहलीलाई ४-२ ले पराजित गर्दा रोनाल्डोले गोल गर्न नसकेपनि एक असिस्ट दिए।

उनले अल नासरको चौंथो गोलका लागि असिस्ट दिएका हुन्। निर्धारित ९० मिनेट पछि थप भएको सातौँ मिनेटमा रोनाल्डोले एक असिस्ट दिएका हुन्। उनको असिस्टमा मार्सेलो ब्रोजोभिचले गोल गरेका थिए।

सो असिस्टसंगै रोनाल्डोले एक दुर्लभ रेकर्ड पनि बनाएका छन्। सो असिस्ट पश्चाता रोनाल्डो लगातार २२ सिजनमा गोल र असिस्ट दुवै गर्ने एक मात्र खेलाडी बनेका छन्।

फुटबलको इतिहाँसमा लगातार २२ सिजन सम्म गोल र असिस्ट कुनै पनि खेलाडीले गर्न सकेका छैनन्। नयाँ सिजन सुरु भएपछि रोनाल्डोले अल नासरका लागि गोल र असिस्ट दुवै गरिसकेका छन्।

रोनाल्डोकै उच्च प्रदर्शनमा केहि समय अगाडी अल नासरले अरब क्बल कपको उपाधि जितेको थियो। सो प्रतियोगितामा रोनाल्डो उच्च गोल कर्ता थिए र उनले गोल्डेन बुट समेत जित्न सफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *