June 22, 2024

एजेन्सी – बिहिबार बिहान अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध इन्टर मियामीले यूएस ओपन कपको सेमिफाइनलमा सिन्सिनाटिको सामना गर्यो। सिन्सिनाटि विरुद्धको खेलमा जित निकाल्न मियामीले धेरै मिहिनेत गर्न पर्यो।

सिन्सिनाटिले पहिलो हाफ र दोस्रो हाफको सुरुवाती समयमा एक-एक गोल गर्दा मियामी हार नजिक समेत पुग्यो। २-० को पछि परिसकेको अवस्थामा मेस्सीले गोल गरेर उद्धार गर्न नसकेपनि दुई असिस्ट दिँदै मियामीको उद्धार गरे।

मेस्सीले पहिलो असिस्ट खेलको ६८ औं मिनेटमा दिए। खेलको ६८ औं मिनेटमा मेस्सीले प्रहार गरेको फ्रिकिकलाई मियामीका लिओनार्डो काम्पाना गोलमा परिणत गराए।

त्यस्तै मियामीको तेस्रो गोलका लागि पनि मेस्सीले नै असिस्ट दिए। निर्धारित ९० मिनेट पछि थप गरिएको सातौं मिनेटमा मेस्सीले उत्कृष्ट असिस्ट प्रदान गर्दा मियामीले खेलको तेस्रो गोल गर्न सफल भयो।

मेस्सीले टाढाबाट दिएको उत्कृष्ट पासलाई काम्पानाले हेडरमार्फत गोलमा परिणत गरेका थिए। मेस्सीको सो पास साँच्चै नै उत्कृष्ट थियो। मेस्सीको सो लामो पासको यति बेला सर्वत्र चर्चा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *