June 16, 2024

एजेन्सी – स्पेनिस उदयीमान मिडफिल्डर गाब्री भेइगाले लिभरपुल र चेल्सीलगायत युरोपका केही चर्चित क्लबहरूको प्रस्तावलाई अस्विकार गर्दै साउदी अरेबिया जाने निर्णय गरेका छन्। लिभरपुल र चेल्सी सहित विभिन्न क्लबको नजरमा रहेका भेइगा साउदी अरेबिया जाने भएका हुन्।

भेइगाले साउदी अरेबियाको अल अहली आवद्ध हुने निर्णय गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन् भने यस खबरलाई फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। भेइगालाई इटालियन क्लब नापोलीले पनि भित्रयाउन चाहेको थियो।

तर धेरैलाई चकित पार्दै अब उनी साउदी पुग्ने भएका छन्। युरोपका शिर्ष क्लबहरुलाई पछि पार्दै अल अहलीले उनलाई भित्र्याउने तय भएको छ। भेइगाको सम्बन्दमा सेल्टा भिगो र अल अहली बीच सहमति भइसकेको छ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको साउदी प्रस्थान पश्चात धेरै स्टार खेलाडीहरु साउदी क्लबमा आवद्ध भैरहेका छन्। उमेर ढल्केका स्टार खेलाडीहरु मात्र नभई उदयीमान खेलाडीहरु पनि अब साउदी जान थालेका छन्। यसलाई धेरैले रोनाल्डोको प्रभावको रुपमा चर्चा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *