June 16, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिग खेल्न ब्राजिलियन स्टार नेयमार भारत आउने भएका छन्। एसियन च्याम्पियन्स लिगको समूह चरणलको खेल खेल्न नेयमार र उनको क्लब अल हिलाल भारत आउने भएको हो।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्याम्पियन्स लिग (सीएल)को ड्र सार्वजनिक भएको छ र ड्र अनुसार भारतीय क्लब मुक्बई सिटी क्लब एकै समूहमा रहेका छन्।

अल हिलाल र मुम्बई सिटी क्लब समूह ‘डी’मा छन्। यी दुई बाहेक सो समूहमा नाभभोर, नास्सिजी क्बल रहेका छन्। समूहचरणका खेल अन्तर्गत समूहका सबै क्लबले एक अर्कासंग होम र अवे गरी दुई-दुई खेल खेल्नेछन्।

एएफसी च्याम्पियन्स लिग १९ सेप्टेम्बरदेखि सुरु हँदैछ। यसै समर ट्रान्सफर विन्डोमा अल हिलाल आवद्ध भएका नेयमारले भारतको पुणेस्थित रंगशालामा खेल्न सक्छन्।

यस्तो छ ड्र

समूह ‘ए’ – पख्तकोर, अल फेहा, अहल एफसी, अल ऐन एफसी

समूह ‘बि’ – अल साद, एफसी नासफ, अल फैसाली, शारजाह एफसी

समूह ‘सी’ – अल इत्तिहाद, सेपाहान एससी, एयर फोर्स क्लब, एजीएमके एसफी

समूह ‘डी’ – अल हिलाल, मुम्बई सिटी क्लब, नाभभोर, नास्सिजी

समूह ‘इ’ – पर्सेपोलिस, अल दुहेल एससी, एफसी इस्टिक्लोल, अल नासर

Leave a Reply

Your email address will not be published. Required fields are marked *