June 22, 2024

एजेन्सी – साउदी प्रो लिगमा साविक विजेता अल इत्तिहादले लगातार तेस्रो खेलमा जित निकालेको छ। बिहिबार राति अल इत्तिहादले साउदी प्रो लिगको नयाँ सिजनको तेस्रो खेलमा अल रियादलाई सहजै पराजित गर्यो।

रियाद विरुद्ध अल इत्तिहादले बलमा राम्रो नियन्त्रण राखेर आ-क्रमण गरेको थियो। जसकारण इत्तिहाद ४-० को गोल अन्तरइ विजयी हुन पुग्यो। इत्तिहाको जितमा तीन खेलाडीले गोल गरे।

अल रियाद विरुद्धको खेलमा करिम बेन्जेमाले पनि गोल गरे। साउदी प्रो लिगमा बेन्जेमाको यो पहिलो गोल हो। उनले खेलको १७ औं मिनेटमा गोल गर्दै अल इत्तिहादलाई सुरुवाती अग्रता दिलाएका थिए। साथै उनले एक असिस्ट पनि दिए।

त्यस्तै अबडेराजाक हमदल्लाहले दुई गोल गर्दा सालेह अल अम्रीले एक गोल गरे। अल इत्तिहादले गरेका चार गोल मद्ये ३ गोल पहिलो हाफमा सम्भव भएका थिए भने एक गोल दोस्रो हाफको अन्त्यमा सम्भव भएको थियो।

यस जितसंगै अल इत्तिहादले शिर्ष स्थानको पकडलाई कायम राखेको छ। अल इत्तिहादले ३ खेलबाट ९ अंक बनाएको छ भने पराजित रियाद ४ अंक सहित लिगको नवौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *