June 22, 2024

एजेन्सी – साउदी प्रो लिगको नयाँ सिजनको तेस्रो खेलमा आज राति अल नासरले अल फतेहको सामना गर्दैछ। अंक बिहिन रहेको अल नासरले आज राति अल फतेहको सामना गर्न लागेको हो।

अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा अंक बटुल्न बाँकी छ। यस अगाडीका दुवै खेलमा अल नासर पराजित भएको थियो। जसकारण अहिले अल नासर रेलिगेसन जोनमा छ। एक अंक पनि बटुल्न नसक्दा अल नासर १६ औं स्थानमा छ।

आज अल नासर जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्ने योजनामा हुनेछ। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको काँधमा आज अल नासरको उद्धार गर्ने जिम्मेवारी हुनेछ।

त्यस्तै अल फतेह भने लिगको छैठौं स्थानमा रहेको छ। एक खेलमा जित र एक खेलमा बराबरी सहित अल फतेहले ४ अंक बटुलिसकेको छ। आज अल फतेह अल नासरलाई स्तब्द पार्दै लिगको ४ औं स्थान वा ५ औं स्थानमा उक्लिने योजनामा हुनेछ।

गत सिजनका अल नासर र अल फतेह बीचको भेटमा एक खेल अल नासरले जितेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो। अल नासर र अल फतेह बीचको खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *