June 22, 2024

एजेन्सी – बायर्न म्युनिखका स्टार थोमस मुलरले क्लब र देशबाट लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो विरुद्ध खेलेका छन्। मुलरले कयौं पटक दुवै खेलाडीको सामना गरेका छन्।

हालसालै उनलाई मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने प्रश्न राखिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा मुलरले मेस्सीलाई रोजे। उनका अनुसार मेस्सी वास्ताविक्क ‘गोट(ग्रेटेस्ट अफ अल टाइम)’ हुन्।

“सबै समयको महान? मेरो लागि GOAT मेस्सी हो किनभने उनको खेल प्रदर्शनले ‘म उनको फुटबल सुन्दरताको कारणले स्टेडियम जान्छु’ भन्न बाद्य बनाउँछ। साथसाथै उनी गोल गर्न र रेकर्ड तथा उपाधि हासिल गर्नमा धेरै प्रभावकारी छन्। यो मामलामा रोनाल्डो पनि राम्रो छन्। तर मेस्सी अझ बढी सुरुचिपूर्ण छन्।”,मुलरले भने।

मेस्सी र रोनाल्डो बीच लामो समय देखि को उत्कृष्ट भन्ने प्रतिष्पर्धा रहँदै आएको छ। फुटबल समर्थक देखि फुटबल स्टार सम्म यस विषयमा विभाजित रहने गरेका छन्। मेस्सी र रोनाल्डो दुवैले डेढ दशक भन्दा लामो समय देखि फुटबलको क्षेत्रमा राज गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *