June 25, 2024

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेसंग सम्झौता गर्ने पेरिस सेन्ट जर्मेन(पिएसजी)को नयाँ प्रयास पनि असफल भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार एम्बाप्पेसंग नयाँ सम्झौता गर्ने पिएसजीको अर्को प्रयास खेर गएको हो।

पिएसजीले बुधबार आफ्नो सम्झौता नवीकरण गर्न नयाँ प्रस्ताव गरेको र सो प्रस्ताव एम्बाप्पेले सिधै अस्विकार गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

एम्बाप्पेले सम्झौता नवीकरणको पछिल्लो प्रस्ताव अस्विकार गरेसंगै उनी आउने समर ट्रान्सफर विन्डोमा फ्री ट्रान्सफरमा रियल म्याड्रिड आवद्ध हुने प्रवल सम्भावना बढेको छ।

एम्बाप्पे र पिएसजी बीच सन् २०२४ सम्मका लागि मात्र सम्झौता छ। यस सिजनको अन्त्य भएसंगै एम्बाप्पे विश्वका जुन सुकै क्लबमा आवद्ध हुन पाउनेछन्। सम्झौतामा एक वर्ष थपको विकल्प रहेपनि त्यसको लागि एम्बाप्पे तयार देखिएका छैनन्।

सन् २०२२-२३ को सिजन सकिएपछि एम्बाप्पेले सन् २०२४ पछि आफू सम्झौता थप गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै क्लबलाई पत्र पठाएका थिए। सो पत्र पश्चात दुई पक्ष बीच सम्बन्ध त्यति राम्रो छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *