June 16, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने अलपत्र परेका चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुलाई एक इटालियन क्लब खेल्ने मौका दिन तयार भएको छ।

इन्टर मिलानसंगको लोन सम्झौता सकिएपछि चेल्सी फिर्ता भएपनि अलपत्र परेका लुकाकुलाई इटालियन क्लब एएस रोमाले मौका दिने भएको विभिन्न इटालियन खेल मिडियाहरुले दावी गरेका हुन्।

लुकाकुलाई अनुबन्ध गर्न रोमा अग्रपंक्तिमा देखिएको बताइएको छ। ग्यालोरोसीले म्यानचेस्टर युनाइटेडका पूर्व सेन्टर-फरवार्डका लागि लोन बिडको तयारी गरिरहेको इटालियन खेल मिडियाहरु बताउँछन्।

यदि स्थानान्तरण पूरा भयो भने लुकाकु र पूर्व चेल्सी तथा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होसँग पुन: मिलन हुनेछ। तर यसको लागि लुकाकुले पनि सहमति जनाउनु पर्नेछ।

यति बेला लुकाकुको विषयमा सहमति जुटाउन रोमाले चेल्सीलाई सम्पर्क गरेको ट्रान्सफर बजारमा जानकार फाब्रिजियो रोमानोले जनाएका छन्। दुई पक्ष बीच पारिश्रमिक कभरेजको विषयमा छलफल हुने बताइएको छ।

लुकाकुले पछिल्लो सिजन इन्टरका लागि खेलेका थिए। सन् २०२२-२३ को सिजन सकिएपछि इन्टर मिलान खरिद गर्न तयार हुँदा हुँदै लुकाकु युभेन्टसको सम्पर्कमा पुगेका थिए। सो खबर बाहिरिएसंगै लुकाकुलाई लोन नभई स्थायी सम्झौता दिने योजनाबाट इन्टर ब्याक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *