June 14, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो चम्किएपछि साउदी प्रो लिगमा अल नासरले सानदार जित निकालेको छ। रोनाल्डोको सानदार ह्याट्रिकको सहयोगमा अल नासरले सानदार जित निकाल्न सफल भएको हो।

शुक्रबार राति भएको खेलमा अल नासरले अल फतेह विरुद्ध ५–० को फराकिलो जित दर्ता गर्यो। यो साउदी प्रो लिगको नयाँ सिजनमा अल नासरको पहिलो जित हो।

अल नासरको जितमा रोनाल्डोले तीन गोल गर्दा यसै समर ट्रान्सफर विन्डोमा अल नासर आइपुगेका साडियो मानेले दुई गोल गरे। खेलमा भएका दुई गोल पहिलो हाफ र तीन गोल तेस्रो हाफमा भएका थिए।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम २७औं मिनेटमा मानेको गोलबाट अल नासरले अग्रता लिएको थियो। उनले रोनाल्डोको पासमा गोल गरेका थिए। ३८औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे।

खेलको ५५औं मिनेटमा अब्दुलरहमान घारिवको पासमा टोलीका लागि तेस्रो गोल गर्दा खेलको ८१औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे। निर्धारित ९० मिनेट पश्चात थप भएको छैठौं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *