June 25, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको नयाँ सिजनमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका छन्। शुक्रबार राति अल फतेह विरुद्धको खेलमा रोनाल्डोले नयाँ सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन्।

रोनाल्डोले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। यो रोनाल्डोले साउदी पुगेपछि गरेको तेस्रो ह्याट्रिक थियो। रोनाल्डोले गत सिजन अल नासरका लागि दुई ह्याट्रिक गरेका थिए।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले साउदी प्रो लिगको नयाँ सिजनका लागि गोलको खाता खोले। उनले सुल्तान अल घनामको पासमा गोल गरेका हुन्। ५५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा निर्धारित ९० मिनेट पश्चात थप भएको छैठौं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरे।

यससंगै रोनाल्डोको करियरमा ह्याट्रिकको संख्या ६३ पुगेको छ। अल नासर, पोर्चुगिज राष्ट्रिय टोली, म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका लागि खेल्दा रोनाल्डोले कुल ६३ ह्याट्रिक गरेका हुन्।

उनले अल नासरका लागि ३, पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्दा १०, म्यानचेस्टर युनाइटेडका लागि ३ र रियल म्याड्रिडबाट खेल्दा ४४ ह्याट्रिक गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *