June 25, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले लालिगाको नयाँ सिजनमा लगातार तेस्रो जित निकालेको छ। रियलले गए राति सिजनको तेस्रो खेलमा जित निकाल्दै शिर्ष स्थानको पकड बलियो बनाएको हो।

शुक्रबार राति रियलले सेल्टा भिगोलाई उसकै घरेलु मैदानमा १-० को गोल अन्तरले पराजित गर्यो। रियलको जितमा शुक्रबार पनि इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहम नायक बने।

खेलको एक मात्र र निर्णायक गोल इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहमले गरेका थिए। खेलको ८१औं मिनेटमा उनले गोल गरेका थिए। सो गोलका लागि पास जोसेलुले दिएका थिए।

खेलभर रियलले बलमा राम्रो नियन्त्रण राखेको थियो। बलमा रियलको ६४ प्रतिशत नियन्त्रण थियो। तर गोलका लागि भने रियलले खेलको लगभग अन्त्य सम्म नै कुर्न पर्यो। रियलले खेलभर कुल १० प्रहार गरेको थियो।

जसमध्ये ३ प्रहार टार्गेटमा थिए भने एक प्रहार मात्रै गोलमा परिणत भयो। घरेलु टोलीले खेलभर १३ प्रहार गरेको थियो। जसमध्ये ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *