June 17, 2024

एजेन्सी – शुक्रबार राति पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल नासरका लागि सानदार प्रदर्शन गरे। अल नासरलाई सिजनको पहिलो जित दिलाउने क्रममा रोनाल्डोले ह्याट्रिक पूरा गरे।

रोनाल्डोले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। रोनाल्डोले साउदी पुगेपछिको तेस्रो ह्याट्रिक अल फतेह विरुद्धको खेलमा पूरा गर्न सफल भएका हुन्।

रोनाल्डोले अल फतेह विरुद्ध खेल्दा ह्याट्रिक मात्र पूरा गरेनन्, एक दुर्लभ रेकर्ड पनि बनाए। फतेह विरुद्ध खेलको ३८ औं मिनेटमा गोल गरेपछि रोनाल्डो लगातार २२ सिजनमा लिग गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

रोनाल्डोले सन् २००२ मा पोर्चुगिज लिगमा डेब्यू गरेयता निरन्तर गोल गर्दै आएका छन्। रोनाल्डोले सन् २००२ मा पोर्चुगिज लिगका लागि डेब्यू गरेका थिए। सो सिजन उनले ३ गोल गरेका थिए। त्यसयताका हरेक सिजनमा रोनाल्डोले गोल गरेका छन्।

म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टसका लागि गरेक सिजन उच्च संख्यामा गोल गरेका उनी अल नासरका लागि पनि निरन्तर गोल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *