June 25, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहम लगातार तेस्रो पटक लालिगामा प्लेयर अफ द म्याच अवार्ड जितेका छन्। रियलका लागि डेब्यू गरेको लगातार तीन खेलमा बेलिङहमले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका हुन्।

बेलिङहम यस अगाडी एथलेटिको बिल्वाओ र अल्मेरिया विरुद्धको खेलमा पनि प्लेयर अफ द म्याच घोषित भएका थिए। शुक्रबार राति पनि उनी नै खेलको उत्कृष्ट खेलाडी घोषित भए।

यससंगै उनले प्लेयर अफ द म्याच अवार्डमा ह्याट्रिक गरे। बेलिङहम एथलेटिको बिल्वाओ विरुद्धको खेलमा डेब्यू गरेका थिए। सो खेलमा उनले एक गोल गरेका थिए भने दोस्रो खेलमा अल्मेरिया विरुद्ध दुई गोल गरेका थिए।

बेलिङहमले सेल्टा भिगो विरुद्धको खेलमा निर्णायक गोल गरे। उनले ८१औं मिनेटमा गोल गरेका थिए। रियलका लागि बेलिङहमले ३ खेलमा चार गोल गरेका छन् भने एक असिस्ट पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *