June 16, 2024

एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगलाई धन्यवाद दिएका छन्। अल नासरका लागि तेस्रो ह्याट्रिक गरेपछि कुराकानी गर्नेक्रममा रोनाल्डोले साउदी अरेबिया र साउदी प्रो लिगलाई धन्यवाद दिएका हुन्।

रोनाल्डोले आफू साउदीमा धेरै खुशी रहेको उल्लेख गर्दै खुशी बनाएकोमा साउदीलाई धन्यवाद दिए। त्यसक्रममा औंले साउदी फुटबलमा अझै सुधार देखिने बताउन पनि छुटाएनन्।

आफूले यस अगाडी नै साउदी लिग सुधार हुने र विश्वको उत्कृष्ट लिग मद्ये एक हुने बताइसकेको रोनाल्डोले उल्लेख गरे। उनका अनुसार अहिले त्यस्तै भएको छ।

“मैले गत सिजन नै भनेको थिएँ – साउदी लिग सुधार हुनेछ र विश्वको उत्कृष्ट लिगहरू मध्ये एक हुनेछ। अहिले त्यस्तै भइरहेको छ। म यहाँ खुशी छु। मलाई धेरै खुशी महसुस गराएकोमा साउदी अरेबियालाई धन्यवाद दिन चाहन्छु”,रोनाल्डोले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *