June 22, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामी आइतबार बिहान एक्सनमा उत्रँदैछ। मेजर सकर लिगको अन्तिम स्थानमा रहेको मियामी लिगको महत्वपूर्ण खेलका लागि आइतबार बिहान एक्सनमा उत्रन लागेको हो।

आइतबार बिहान मियामीले न्यूयोर्क रेड बुलको सामना गर्नेछ। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध इन्टर मियामी लिगको पूर्वीय सम्मेलनको अन्तिम स्थानमा छ भने न्यूयोर्क ११ औं स्थानमा रहेको छ।

मियामीले लिगमा खेलेका २२ खेल मद्ये ५ खेलमा मात्रै जित निकालेको छ। मियामीले मेजर सकर लिगको जारी सिजनमा १४ खेलमा पराजय भोगिसकेको छ। तीन बराबरी सहित मियामीले यस सिजन मात्र १८ अंक बनाएको छ।

त्यस्तै न्यूयोर्कले भने २४ खेल मद्ये ७ खेलमा जित निकालेको छ भने ९ खेलमा हार बेहोरेको छ। ८ बराबरी सहित न्यूयोर्कले २९ अंक बनाएको छ। न्यूयोर्क र मियामी बीचको खेल आइतबार बिहान ५ बजेर १५ मिनेटमा सुरु हुनेछ।

मेस्सी खेल्ने सम्भावना कति ?

मेस्सीको आगमन पश्चात मियामीले निरन्तर उच्च प्रदर्शन गरेको छ। मेस्सीको आगमन पश्चात मियामीले कुनै पनि खेलमा पराजय भोगेको छैन। मेस्सीले मियामीका लागि लगातार आठ खेल खेलेका छन्।

मेस्सीले न्यूयोर्क विरुद्ध पनि खेल्ने सम्भावना छ। मेस्सीलाई आराम आवश्यक रहेको भएपनि लिगको अन्तिम स्थानमा रहेका कारण पनि मियामीले मेस्सीलाई न्यूयोर्क विरुद्ध मैदानमा उतार्न सक्छ। तर मियामीले मेस्सीलाई विश्राम दिए अचम्म मान्नुपर्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *