June 17, 2024

एजेन्सी – प्रिमियर लिगको नयाँ सिजनको तेस्रो खेलका लागि आज राति म्यानचेस्टर युनाइटेड एक्सनम उत्रँदैछ। सिजनको तेस्रो खेलका लागि युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा एक्सनमा उत्रन लागेको हो।

युनाइटेडले आज राति नटिङ्घम फरेस्टको सामना गर्नेछ। युनाइटेड यति बेला लिगको १३ औं स्थानमा रहेको छ भने फरेस्ट ११ औं स्थानमा छ। प्रिमियर लिगको नयाँ सिजनमा खेलेका दुई खेल मद्ये एक खेलमा जित र एक खेलमा हार सहित युनाइटेड र फरेस्ट दुवैले ३ अंक बनाएका छन्।

दुवै टोली आज हुने खेलमा सिजनको दोस्रो जितको खोजिमा हुनेछ। युनाइटेडले सिजनको पहिलो खेलमा वुल्भ्स विरुद्धको खेलमा जित निकाल्दा टोटेनह्यामसंग हारेको थियो। त्यस्तै फरेस्टले भने सेफिल्ड युनाइटेडलाई पराजित गर्दा आर्सनलसंग हारेको थियो।

म्यानचेस्टर युनाइटेड र नटिङ्घम फरेस्ट बीचको खेल आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा प्रतक्ष्य हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *