June 22, 2024

एजेन्सी – एस्टन भिल्ला फ्लप फिलिप काउटिन्होले नयाँ क्लब भेट्टाएका छन्। प्रिमियर लिग क्लब लिभरपुल हुँदै बार्सिलोना पुगेर पुनः प्रिमियर लिग फिर्ता भएका फिलिप काउटिन्होले नयाँ क्लब भेट्टाएका हुन्।

काउटिन्हो कतारी क्लब अल दुहेल जान सहमत भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। काउटिन्हो र कतारी क्लब अल दुहेल बीच व्यक्तिगत रुपमा सहमति भइसकेको बताइएको छ।

यो खबरलाई ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। खेलाडी र क्लब बीच सहमति भएपनि एस्टन भिल्लासंग भने सहमति हुन बांकी रहेको रोमानोको भनाई छ।

काउटिन्हो सन् २०२१-२२ को सिजनमा बार्सिलोनाबाट लोनमा एस्टन भिल्ला आइपुगेका थिए। पछि एस्टन भिल्लाले काउटिन्होसँग दिर्घकालिन सम्झौता गरेको थियो। तर पछि एस्टन भिल्लामा काउटिन्होमा सफल हुन सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *